सल्यान। कक्षा १२ को परीक्षा आगामी बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबार सम्म चल्ने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यस अघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।

Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.