सल्यानको बनगाडमा चौर मेलाबाट फर्किदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

52

कात्तिक  १४,
सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिका -११ गरा नजिकै डबल क्याप  दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका १२ चौरमा लाग्ने स्थानीय मेलाबाट बालुवासंग्रही हुदै सुर्खेत मालारानी गुर्भाकोट तर्फ जादै गरेको रा १ च १७२३ नम्बरको बोलेरो बनगाड कुपिण्डे ११ गरा नजिकै शुक्रवार बेलुकी दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुर्खेत गुर्भाकोट नगरपालिका २ मालारानीका २५ वर्षीय पप्पु डाँगी , शोही ठाउँका २२ वर्षीय पुनम बुढा, १५ वर्षीय तिलक वली, सुर्खेत भेरीगंगा नगरपालिका ६ का ३२ वर्षीया निर्मला ओली, घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै गुर्भाकोट नगरपालिका २ मालारानीका १८ वर्षीय उत्तम डाँगी, २६ वर्षीय क्षितिज डाँगी, १२ वर्षीया पवित्रा डाँगी, १५ वर्षीय झलक डाँगी, बोलेरो चालक २३ वर्षीय अम्मर बहादुर घर्ती, २१ वर्षीया पिमकली डाँगी, २५ वर्षीया हरिमाया ओली र १८ वर्षीया समिक्षा ओली घाइते भएका छन् । केही घाइतेहरुको सल्लीबजारमा सामान्य उपचार पछि थप उपचारकोलागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.