सल्यान बनगाडमा घरको छतबाट लडेर ३६ वर्षिया महिलाको मृत्यु
नवीन पिएम
भदौ,१७ सल्लीबजार । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ स्थित गैरि बजारमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३६ बर्षकि ललिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मंगलबार बेलुकी भर्खरै निर्माण हुँदै गरेको आफ्नै घरको छतमा पानी हाल्ने क्रममा घरको तीन तला माथिबाट चिप्लिएर लडेर घाइते भएकी उनको उपचारको क्रममा नेपालगन्जको न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।