सल्यानमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ

75

सल्यानमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु ,६ जना पक्राउ
सल्यान, साउन २३
सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका-३ को धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लाग्दा कालिमाटी गाउँपालिका-२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुका करिब ६ः०० बजे शिकार खेल्ने क्रममा गोली लागेर पेटको तल्लो भाग र कम्मरमा चोट लागेका पुनमगरको घटनास्थलमै मृत्यु भएको हो। घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा संगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कालिमाटी गाउँपालिका -२ बराहडुंगाका अन्दाजी ७२ वर्षीय पदमबहादुर श्रीस मगर, कालिमाटी गाउँपालिका-३ बल्लेका अन्दाजी ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी रहेका छन ।
घटनास्थलबाट प्रहरीले दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनामा प्रयोग भएको बन्दुक पक्राउ परेकाहरु र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.