नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

1

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै नेत्रबन्धु पोख्रेलको तीज बिशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक भएको छ। लोकार्पण समारोहमा डा. ध्रबराज भट्टराईको सभापतित्व रहेको थियो भने प्रोफेसर डा. एबं संस्कृती बिद बिणा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी प्रध्यापक, बरिष्ठ पत्रकार एबं समालोचक पुरुषोत्तम दाहाल, अन्तराष्ट्रिय साहित्य समाजका पुर्व केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सहसुचिब सन्ध्या पहारी, अन्तराष्ट्रिय साहित्य समाजका नवनिर्वाचित केन्द्रिय सदस्य तथा नेपाल च्याप्टरका अध्यक्ष तथा चललिचत्र निर्देशक राजेन्द्र केसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको बिशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा कलाकार, पत्रकार र समाजसेबीहरुको बिशेष उपस्थिती रहेको थियो। बिमोचन समारोहको कार्यक्रम सञ्चालन डा. बिदुर वस्तीले गरेका थिए भने नेत्रबन्धु पोख्रेलले स्वागत मन्तब्य राखेका थिए।

यस बर्षको मौलिक तीज गीत “नाच्चे आजै हो” मा चर्चित गायिका मनमाया वाईवाको स्वर रहेको छ भने नेत्रबन्धु पोख्रेलको शब्द, शेष नारायण पोख्रेलको संगीत, हेमराज डाँगीको एरेञ्ज तथा मिक्सिङ रहेको छ। त्यसैगरी सामुहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलले साथ दिएका छन्। सो गीतको भिडियो सुरज खनालको निर्देशन, नबिन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन, बिनोद बमको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोखरेल, डा.बिदुर वस्तीको अभिनय रहेको छ भने बाल कलाकार तर्फ सृष्टी पोख्रेल, आराभ पौडेलको अभिनय रहेको छ। मौलिक तीज गीत “नाच्ने आजै हो” मा परम्परागत रुपमा महिलाहरुले मनाउदै आएको कुरा अवगत गराउदै बिगतका बर्षहरुमा कसरी तीज मनाईन्थो भन्ने कुराहरुलाई चित्रण गर्न खोजिएको छ।यस गीतमा तडक भडक नभई मौलिकता झल्किएको पाईन्छ। “नाच्ने आजै हो” गीतलाई नेत्रबन्धु मिडिया नाम युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.