सल्यानमा ट्याक्टर दुर्घटना चालकको घटना स्थलमै मृत्यु
सल्यान २६ बैशाख ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको बागचौर नगरपालिका–१० भाटबिटेस्थित भित्री सडक खण्डमा आज सनिवार बिहान करिब ७ बजे श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका १३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टर भानु भक्त माध्यमिक विद्यालयको निर्माण सामग्री बोकेको थियो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय थारमारे बाट प्रहरी नायब निरीक्षक रत्नलाल खड्काको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।