सल्यान दार्मामा ट्याक्टर दुर्घटना चालकको मृत्यु, २ जना घाइते

30

सल्यान, २५ वैशाख । सल्यानमा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ भने, २ जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको दार्मा गाउँपालिका–२स्थित भुसखोलामा ट्याक्टर दुर्घटना हुदा फारुल्लाचौरबाट भुसखोला तर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको ट्याक्टर आज शुक्रबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परि चालक दार्मा गाउँपालिका–२ भुसखोला बस्ने अन्दाजी १७ वर्षीय प्रदिप वि.क. गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएकोमा स्वास्थ्यकर्मीले दिउँसो १ः५० बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी ट्याक्टरमा सवार सोही स्थानका १७ वर्षीय टेकबहादुर वि.क. घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि, २२ वर्षीय विशाल वि.क. घाइते भएका छ्न उनलाई सामान्य उपचार पछि थप उपचारका लागि बाकेको नेपालगञ्ज रिफर गरिएको छ । घटनाका बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा पाँच जना प्रहरी खटिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.