ट्रकको ठक्करबाट सुर्खेतमा मोटरसाइकलमा सवार सल्यानका एक जनाको मृत्यु

1

जेठ ,०५
सल्यान । ट्रकको ठक्करबाट सुर्खेतमा  मोटरसाइकलमा सवार सल्यानका एक जनाको मृत्यु भएको छ । छिन्चु -जाजरकोट सडक खण्डको सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर भुल्ले नजिकै भएको सवारी दुर्घटनामा मोटरसाइकल पछाडि सवार सल्यानको शारदा नगरपालिका–१३ स्यानीखाल निवासी अन्दाजी ४० वर्षीय ढाँकावीर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मराठीले जानकारी दिए ।  आज मंगलबार बिहान करिब ८ः३० बजे सल्यानको श्रीनगरबाट सुर्खेततर्फ जाँदै गरेको रा ४ प ८६४१ नम्बरको मोटरसाइकललाई सल्लीबजार तर्फ आउदै गरेको क.प्र  ०२–००११२४१ नम्बरको ट्रकले
ठक्कर दिएको थियो।

सो दुर्घटनामा  मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन्। सुर्खेत प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ, भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.