सल्यान सल्लीबजारमा भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु
नबिन पि. एम.
चैत,२० । सल्यानमा एसईई दिन गएका एक विद्यार्थीको भेरी नदीमा डुबेर घाइते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–२ फल्देचरका हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकीको शुक्रबार दिउँसो सल्लिबजार स्थित नदीमा नुहाउने क्रममा डुबेका थिए। नदीमा डुबेका परीक्षार्थी बुढाथोकीलाई स्थानीय र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी तत्काल बनगाड कुपिण्डे नगर अस्पताल लगिएको थियो ।
नगर अस्पतालमा प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पठाइएको थियो । अस्पताल पुर्याएलगत्तै साँझ करिब ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सेतुराम बनगाड कुपिण्डे नगरपालिका -३ औलबेशी स्थिति मुक्ति माध्यमिक विद्यालय, हिलेपोखरीमा अध्ययनरत रहेको उक्त बिधालयका प्र.अ.नोखराज बि.एमले बताए । उनी बनगाड कुपिण्डे नगरपालिका–१ स्थित प्रभाकर माध्यमिक विद्यालय, देवस्थल केन्द्रबाट परीक्षा दिइरहेका थिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।