सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला

आज सुर्खेतको गुर्भाकोट नगरपालिका -९ पोख्रे नजिकै भेरि नदि किनारमा माछा मार्ने बल्छिमा अल्झिएको अबस्थामा आज बिहान पौने १० बजेको समयमा बेपत्ता भएको स्थान भेरिपुलबाट करिब २० किलोमिटर दक्षिणमा पुष्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

184

सल्यानमा भेरि नदिमा बेपत्ता पुष्पाको शव ७ दिनपछि फेला
नबिन पिएम
फागुन,१४ सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव ७ दिन पछि आज बिहिबार फेला परेको छ ।  सुर्खेतको गुर्भाकोट नगरपालिका -९ पोख्रे नजिकै भेरि नदि किनारमा माछा मार्ने बल्छिमा अल्झिएको अबस्थामा आज बिहान पौने १० बजेको समयमा बेपत्ता भएको स्थान भेरिपुलबाट करिब २० किलोमिटर दक्षिणमा पुष्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए अनुसार गत फागुन ८ गते  शुक्रबार दिउँसो  बनगाड कुपिण्डे नगरपालिका–१ सल्लिबजार, देवस्थल जडागौडा र सुर्खेत सिम्ता गाउँपालिका -६ राकम जोड्ने मोटरेवल पुलबाट भेरी नदिमा हाम फालेर बेपत्ता भएकि २१ वर्षीया पुष्पा सिंहको आज बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
उनिको दाङको तुलसिपुर–६ वरुवा गाउँ बस्ने ३० वर्षीय त्रिदेव मल्ल संग २ हप्ता पहिले मात्रै बिबाह भएको थियो ।
पुलबाट हाम फालेर बेपत्ता भए पछि निरन्तर खोजीपछि भए पनि आज बिहान पुष्पाको शव फेला परेको र शवको घरपरिवारले पहिचान गरेको प्रहरिले जनाएको छ ।

सशस्त्र प्रहरीको गोताखोरको टोली तथा विशेषज्ञ टोलीले उहाँको खोजी गरेको थियो । बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइती घरमा भएकि पुष्पा श्रीमानसँगै पुलमा तस्बिर खिच्दै गर्दा नदीमा हाम फालेकि थिइन,माइती र घर दुवै पक्ष उनीहरुको बिहेबाट खुसी राजीनै थिए । तर, बिहे पछि संगै माइती घर गएकी पुष्पाले किन एकाएक भेरी नदीमा हाम फालेकी हुन भन्ने कुरा खुलि सकेको छैन यस घटनामाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.