फागुन,८ सल्यान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय युवा भेला शुक्रबार बनगाड कुपिण्डे नगरपालिका -१ सल्लिबजारमा सम्पन्न भएको छ । सम्पूर्ण क्रान्तिकारी युवाहरू एक होऔँ भन्ने नाराका साथ नगरपालिकाको केन्द्रमा आयोजित उक्त भेला युवा सुरक्षा तथा यहि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित नेकपा सल्यानबाट उम्मेदवार तारा चुनाव चिन्ह बहाक रमेश कुमार मल्ललाइ बहुमतका साथ विजयी गराउने लक्ष सहित भेलाले टेकराज पुन संयोजक र शरद बिक सह-संयोजक रहेको १२५ सदस्यिय निर्वाचन परिचालन समिति गठन गरेको छ। भेलामा सहभागी युवाहरूले नेताहरूलाई निर्वाचनको बेला मात्रै युवालाई परिचालन गर्ने प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै युवाको भविष्य, रोजगारी, शिक्षा, सीप विकास र नेतृत्व विकासका विषयमा दीर्घकालीन सोच र ठोस कार्यक्रम आवश्यक रहेको धारणा राखेका छन्
भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन युवा परिचालन समिति सल्यानका संयोजक लोक बहादुर डाँगीको प्रमुख आतिथ्यता र . सह- संयोजक एवम पार्टी केन्द्रिय सदस्य गणेश शाही , केन्द्रिय सदस्य गणेश बिसि निर्वाचन परिचालन बनगाड कुपिण्डे नगरपालिक संयोजक क. कृति बहादुर राना , सचिव दुर्गा बहादुर बुढाथोकी , योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)ईन्चार्ज धन बहादुर परियार, निर्मल डिसी वाइसिएल सल्यान अध्यक्ष खडग प्रसाद खडका र नगरका १२ वटै वडाका युवा, प्रतिनिधि लगायतको उपस्थिति रहेको जनाएको छ ।