वरिष्ठ कलाकार सुनील थापाको निधन

12

सल्यान। वरिष्ठ कलाकार सुनील थापाको आज बिहान  निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको उपचारको क्रममा निधन भएको हो ।
नेपाली र भारतीय चलचित्र उद्योगमा थापाको जिवन्त अभिनय छ । भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् । नेपाली चलचित्रमा खलनायकको भूमिका बढी रुचाइएका थापाको निधनले नेपाली सिने जगत यतिबेला सोकमा डुबेको छ । उनले नेपाली तथा बलयुडका चलचित्रहरुमा पनि अभिनय गरिसकेका छन । थापाको आजै बिहान ११:०० बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.