सल्यान बनगाडमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड यहि माघ २९ देखि हुने

131

नविन पि.एम.माघ ,२६ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २९ गते देखि फागुन २ गते सम्म प्रभाकर मावि देवस्थलमा हुँने भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखा र नगर खेलकुद विकास समितिको बैठकको निर्णय अनुसार बनगाड कुपिण्डे नगरपालिका सल्यानको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ यहि माघ २९गते देखि फागुन २ गते ३ दिन सम्म संचालन गर्ने निर्णय भएको नगर खेलकुद विकास समिती अध्यक्ष रिम बहादुर बिस्टले जानकारी दिनुभयो।

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड-२०८२ सन्चालन समिति प्रचारप्रसार उपसमितिका सुशान्त के.सी.ले बताए अनुसार कबड्डी तथा भलिबल खेलतर्फ प्रत्येकमा ९/९ जना सहभागी रहनेछन्, मार्सल आर्ट अन्तर्गतका खेलहरु पनि सञ्चालन हुनेछन्, तर उक्त खेलका पदकहरू शिल्ड गणनामा समावेश गरिने छैनन्,एथलेटिक्सतर्फका खेलहरू राताचौर खेलमैदानमा सञ्चालन हुनेछन् भने अन्य खेलहरू प्रभाकर माविको मैदानमा सञ्चालन हुने छन। प्रतियोगिताको उद्घाटन यहि माघ २९ गते बिहान ११:०० बजे प्रभाकर माविको खेलमैदानमा हुने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.