सल्यानमा १४ जनाको उम्मेदवारी कायमै २ जनाले लिए उम्मेदवारी फिर्ता

66

सल्यानमा १४ जनाको उम्मेदवारी कायमै २ जनाले लिए उम्मेदवारी फिर्ता
नबिन पिएम
माघ,९ सल्यान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा १४ जनाको उम्मेदवारी कायम भएको छ।

सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका आम जनता पार्टीका उम्मेदार मानसिंह विकले उम्मेदवारी फिर्ता लिनु भएको छन् । विकले नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ललाई सर्मथन दिने भन्दै उम्मेदवारी फिर्ता लिनु भएको हो । यसै गरि प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका सन्तोषकुमार राईले पनि उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी युवराज कार्कीले जानकारी दिनुभयो ।  प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका राईले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार गुलावजङ्ग शाहलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

सल्यानमा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको थियो । २ जनाले उम्मेदवारी फिर्ता लिएसंगै १२ राजनितिक दल र २ स्वतन्त्र गरी उम्मेदवारको संख्या १४ कायम भएको छ ।

 

Leave A Reply

Your email address will not be published.