नेपाली कम्युनिस्ट पार्टी सल्यानको चुनावी जन भेटघाट तिब्र अभियान दार्मा,कुमाख हुदै बनगाड सम्म

37

फागुन, ६ सल्यान। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यानले मतदाता केन्द्रित घरदैलो अभियानलाई तीव्र बनाएको छ। जनताको घर दैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानले ग्रामीण बस्तीहरूमा चुनावी माहोल थप तताएको छ भने मतदाताको उत्साह र सहभागिता समेत  बढेको देखिन्छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले मंगलवार बनगाड कुपिण्डे नगरपालिका -२ को बामे -३ को औलबेशि र- १ को खरेखोला, बेलखोला लगायत बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको सुझाव, गुनासा र अपेक्षा संकलन गरिएको थियो। घरदैलो अभियान दार्माबाट अघि बढ्दै छिमेकी कुमाख गाउँपालिकामा कार्यक्रम सकेर बनगाड कुपिण्डे प्रवेश गरेको पार्टीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमा देखिएका सडक, खानेपानी, सिंचाइ, स्वास्थ्य र शिक्षाका समस्या समाधानलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो। “जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाइनेछ,” उहाँले भन्नुभयो, “कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा घरेलु उद्यम विस्तारमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो।”
मल्लले बनगाड कुपिण्डे नगरपालिका-३ को औलबेशिमा मतदाता संग चुनावी जनभेटघाट कार्यक्रममस बोल्दै उहाँले आफुलाई मत दिएर दिताउन आग्रह गर्दै निर्वाचन जिति सकेपछि यस क्षेत्रका नागरिकको लागि विधुत, खानेपानी,सडक स्तरोन्नति, पर्यटन प्रवर्द्धन,लगायतका जनताको समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
धेरै मतदाताले तारा चुनाव चिन्हमा मतदान गरी नेकपाका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन्।
गाउँस्तरमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाएको विश्लेषकहरूको भनाइ छ। आज बनगाड कुपिण्डे नगरपालिका -४,५,६,र ७ मा जन भेटघाट कार्यक्रम गरिने र आगामी दिनमा पनि विभिन्न बस्तीहरूमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइने पार्टीले जनाएको छ।
चुनावी अभियान कार्यक्रममा केन्द्र,प्रदेश,जिल्ला र नगरस्तरका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.