कांग्रेस सल्यानको बनगाडमा निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न
माघ १७, बनगाड। नेपाली कांग्रेस सल्यानले शुक्रबार बनगाड कुपिण्डेबाट नगरपालिका निर्वाचन लक्षित भेटघाट तथा छलफल कार्यक्रम सुरु गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस सल्यानका उम्मेदवार केश बहादुर विष्ट लाई बहुमतले विजयी बनाउने उदेश्य सहित सल्लिबजारमा कार्यक्रम गरिएको बताइएको छ । विकासका आयामहरुका साथ सल्यानको मुहार फेर्न, लोकतन्त्रको रक्षा गर्न र जनताको आवाज सदनसम्म पुर्याउन केश बहादुर विष्ट को जित अपरिहार्य रहेको र सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुक महानुभावहरूको उत्साहले हाम्रो विजय सुनिश्चित रहेको नेता केशबहादुर बिष्टले बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिकाका सभापति तथा उप प्रमुख पुरुषोत्तम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन मूल आयोजक समितिका संयोजक एकराज डागी सहसंयोजक सन्तोष केसी कर्णाली प्रदेश उद्योग पर्यटन तथा वनमन्त्री सुरेश अधिकारी माननीय लक्ष्मी सुनार जिल्ला कार्यसमिति सचिव तथा शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, सचिव एकराज बुढाथोकी, सुरेश चन्द , भरत गिरि लगायतका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो। शुक्रबार बनगाड बाट सुरु भएको पालिका स्तरीय भेटघाट तथा छलफल कार्यक्रम आज सनिवार कुमाख गाउँपालिका रागेचैारमा गर्ने नेपाली कांग्रेस सल्यानले जनाएको छ । यो सहित निरन्तर अन्य पालिकाकाहरुमा पनि कार्यक्रम गरिने बताइएको छ ।