भेरी नदीमा हाम फालेर बेपत्ता पुष्पा सिंह ६ दिन सम्म पनि भेटिइनन्

169

१३ ,फाल्गुन

सल्यान ।  दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भई बनगाड कुपिण्डे नगरपालिका–६ चौतारा स्थित माइतीमा आएकी २१ वर्षीया पुष्पा सिंह सल्लीबजार, देवस्थल नजिकै पर्ने भेरी नदीको पुलबाट हाम फालेर बेपत्ता भएको ६ दिन बितिसक्दा पनि भेटिएकी छैनन् ।
बेपत्ता पुष्पाको सशस्त्र प्रहरीको गोताखोरको टोलीले लगातार  घटनास्थलदेखि ५ सय मिटर तलसम्म खोजी गरे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताउनुभयो ।
नदीमा फेला पार्न नसकेपछि गोताखोरको टोली फिर्ता भए पनि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको प्रनाउ केसीले जानकारी दिनुभयो । उहाका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ बरुवा घर भएका त्रिदेव मल्लसँग पुष्पाले दुइ साताअघि मात्र विवाह गरेकी थिइन् । श्रीमान‍्सँगै रहेका बेला भेरि पुलमा फोटो खिच्दै गर्दा पुष्पाले पुलबाट भेरी नदीमा हाम फालेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.