भिडियोको छायांकन सम्पन्न, ‘कथा परदेशको’ छिट्टै सार्वजनिक हुँदै

माल्दिभ्स । नेपाली कला, संगीत र चलचित्र क्षेत्रका लागि नयाँ प्रयासस्वरूप माल्दिभ्समा पहिलोपटक नेपाली म्युजिक भिडियो ‘कथा परदेशको’ को छायांकन सम्पन्न भएको छ। वैदेशिक रोजगारी तथा परदेशमा रहेका नेपालीहरूको भावना, संघर्ष र पारिवारिक सम्बन्धलाई कथावस्तु बनाइएको उक्त म्युजिक भिडियोको निर्माण शुभ चिरायु फिल्म्स प्रा.लि. को प्रस्तुतिमा गरिएको हो।
माल्दिभ्सका विभिन्न रमणीय तथा आकर्षक स्थानमा छायांकन गरिएको भिडियोमा परदेशमा रहेका नेपालीहरूको जीवन, स्वदेशप्रतिको माया र परिवारसँग जोडिएको भावनात्मक पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
‘कथा परदेशको’ मा कविता ढकाल र दीपक थापा निर्माता रहेका छन् भने अर्जुन भुसालको निर्देशन रहेको छ। भिडियोमा बिद्या कार्की, मिलन ढकाल, यम सापकोटा, निराजन पौडेल, अञ्जु (अङ्गिता) बस्नेत, अरिशा तामाङ र श्रीजना भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
भिडियोको प्रोडक्सन म्यानेजर अञ्जु तथा निराजन पौडेल रहेका छन्। त्यस्तै, गीतमा रवि ओडको स्वर, अभि सुनारको शब्द तथा संगीत र आदित्य कार्कीको छायांकन रहेको छ।
परदेशमा रहेका नेपालीहरूको वास्तविक जीवन र भावनालाई केन्द्रमा राखिएको यस म्युजिक भिडियोले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक रूपमा जोड्ने निर्माण पक्षको विश्वास छ।
माल्दिभ्समा भिडियोको छायांकन तथा निर्माणका क्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति निर्माण टोलीले आभार व्यक्त गरेको छ। विशेषगरी श्रीकृष्ण फुँयाल तथा द एभरेस्ट नेपाली रेस्टुरेन्ट, माल्दिभ्सलाई निर्माण टोलीले विशेष धन्यवाद व्यक्त गरेको छ।
‘कथा परदेशको’ म्युजिक भिडियो छिट्टै Milan Media युट्युब च्यानलमार्फत सार्वजनिक गरिने जनाइएको छ।


मुख्य क्रेडिट
प्रस्तुति: शुभ चिरायु फिल्म्स प्रा.लि.
म्युजिक भिडियो: कथा परदेशको
निर्माता: कविता ढकाल, दीपक थापा
निर्देशक: अर्जुन भुसाल
कलाकार: बिद्या कार्की, मिलन ढकाल, यम सापकोटा, निराजन पौडेल, अञ्जु (अङ्गिता) बस्नेत, अरिशा तामाङ, श्रीजना भण्डारी
स्वर: रवि ओड
शब्द/संगीत: अभि सुनार
छायांकन: आदित्य कार्की
प्रोडक्सन म्यानेजर: अञ्जु, निराजन पौडेल
विशेष धन्यवाद: श्रीकृष्ण फुँयाल तथा द एभरेस्ट नेपाली रेस्टुरेन्ट, माल्दिभ्स
प्रकाशन: मिलन मिडिया युट्युब च्यानल
रिलिज: छिट्टै सार्वजनिक हुँदै
“म फर्की आउनेछु आमा, आशा राख…” भन्ने भाव बोकेको ‘कथा परदेशको’ ले परदेशमा रहेका नेपालीको कथा र मनोभावलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

Lekali Khabar.com lekali Khabar news
Comments (0)
Add Comment