सल्यान बनगाडमा बँदेलको आक्रमणमा परि एक घाइते

नबिन पिएम

फागुन,१३ बनगाड। सल्यान बनगाड कुपिण्डेमा स्थानीयलाइ मेलापात घाँस,दाउरा र कामकाजमै हिड्न स्थानीयलाई निकै सकस पर्याे ।आज बुधबार विहान मात्रै काेदालाेकाे विड काड्न हिडेका बनगाड कुपिण्डे नगरपालिका वडा नं ५ फुलेडाँडा निवासी ५७ वर्षिया कालू वादिलाइ बदेल आक्रमण गरेको हो  । स्थानीय हरि खड्काका अनुसार वाग्चौर जिउला नजिकै खाेलामा वालुवा निकालि रहेको वादि काेदालाेकाे वीर वनाउनकाे लागि जंगल पसेको वेला बँदेलले आक्रमण गरेको हो । हात र टाउकोमा चाेट लागेको वादिलाइ उपचारकाे लागि नेपालगञ्ज लैजाने तयारी गरिएको जनाएको छ । बनगाड कुपिण्डेका बिभिन्न वडाहरुमा बंदेल आतंक बढिरहेको जन गुनासो छ । हुल बाँधेर आउने बँदेलहरुले किसानहरुको बालिनालिमा मात्रै नभएर अब मानिसहरूलाइ‌नै आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित र त्रसित बनेका छन् ।

Lekali KhabarLekali Khabar.comsalyannews
Comments (0)
Add Comment