सिम्ता गाउँपालिका स्तरीय ८ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

नबिन पिएम
माघ,६ सिम्ता। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुर्खेत सिम्ता गाउँपालिका स्तरीय ८ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि बागेश्वरी माध्यमिक विद्यालय राकमको खेलमैदानमा सुरु भएको छ । कर्णाली प्रदेशसभा सदस्य माननीय खड्क बहादुर पोखरेलको प्रमुख आतिथ्यता ,गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द,उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को विषेश आतिथ्यतामा प्रतियोगितामा उद्घाटन भएको हो । आजबाट सुरुवात भएको खेलकुद प्रतियोगिता फाल्गुन ८ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

सिम्ता -६ नं. वडाअध्यक्ष गुलाब सिंह ठकुरीको अध्यक्षता भएको कार्यक्रममा सिम्ता गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र बागेश्वरी मावि राकमको सह आयोजनामा भएको खेलकुद प्रतियोगितामा सिम्ता गाउँपालिका स्थित माध्यमिक तहका १२ वटा सामुदायिक विद्यालयहरूको सहभागीता रहेको जनाएको छ ।

 

Lekali KhabarLekali Khabar newsLekali Khabar.com
Comments (0)
Add Comment