सल्यान‌ बनगाड कुपिण्डेको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड देवस्थलमा सुरु

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता - २०८२ आजबाट फागुन २ गते ३ दिन सम्म संचालन हुने

नविन पि.एम.
माघ ,२९ सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि प्रभाकर मावि देवस्थलमा उद्घाटन भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र नगर खेलकुद विकास समिति अध्यक्ष रिम बहादुर बिष्टको सभा अध्यक्षता र नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख अतिथ्यतामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आज बाट सुरु भएको बनगाड कुपिण्डे नगरपालिका सल्यानको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८२ आजबाट फागुन २ गते ३ दिन सम्म संचालन हुने भएको नगर खेलकुद विकास समिती अध्यक्ष रिम बहादुर बिस्टले जानकारी दिनुभयो।

प्रतियोगितामा ८ सामुदायिक र २ संस्थागत बोर्डिङ स्कुल गरि १० वटा बिधालयहरुले सहभागिता रहेको छ ।
कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी,नगर उप-प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, १२ वटै वडाका वडा अध्यक्षहरू, जिल्ला खेलकुद समितिका अध्यक्ष खड्क आचार्य,
शिक्षकहरु,विद्यार्थी खेलाडीहरु,सुरक्षाकर्मी, मिडियाक्रमि खेलप्रेमि,लगायतको उपस्थितिमा रनिङ शिल्डको उद्घाटन भएको हो ।

Lekali KhabarLekali Khabar.comsalyan
Comments (0)
Add Comment