फागुन,८ सल्यान । सल्यानमा भेरि नदिमा हाम फालेर एक महिना बेपत्ता भएकि छिन।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- १ देवस्थल नजिकै भेरि करिडोर सडक अन्तर्गत सल्यान बनगाड र सुर्खेत सिम्ता राकम जोड्ने भेरी नदी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी हुन । बेपत्ता हुने दाङ तुलसीपुर -६ बस्ने २१ वर्षीया पुष्पा सिंहले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पुष्पा र उनका श्रीमान बनगाड कुपिण्डे नगरपालिका- ६ चौतारा माइति घरमा आएका थिए।
आज शुक्रबार दिउँसो करिब १ बजे भेरी नदीको मोटरेवल पुलबाट हाम फालेर बेपत्ता भएलो जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख डिएसपी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो । पुष्पा र उनका श्रीमान बुधबार मात्रै बनगाड कुपिण्डे नगरपालिका -६ चौतारा माइतीमा आएको र ऊनिहरु घर फर्किने क्रममा पुष्पाले एकासी हाम फालेको फालेको भनेर उनका श्रीमानले इलाका प्रहरी कार्यालय सल्लिबजारलाइ जानकारी गराएका थिए । यसैबीच, खोजी गर्ने क्रममा बनगाड कुपिण्डे नगरपालिका–१ बस्ने ४१ वर्षीय जितेन्द्र शाह पनि नदीमा डुबेका थिए । स्थानीय र प्रहरीले शाहलाइ उद्धार उपचारका लागि अस्पताल पठाइएको थियो । उनको अवस्था हाल सामान्य रहेको छ, वेपत्ताको खोजी कार्य भैरहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।