सल्यान बनगाडको‌ ५औ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन जनता मावि च्युराको‌ पोल्टामा

मावि च्युराले १६ स्वर्ण, १० कास्य र ९ रजत पदक हात पारेको छ ।

नविन पिएम
फागुन,२ सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

प्रभाकर माध्यमिक विद्यालय देवस्थलको खेलमैदानमा सम्पन्न प्रतियोगितामा उपाधि उचालेको हो । सनिबार सम्पन्न प्रतियोगितामा मावि च्युराले १६ स्वर्ण, १० कास्य र ९ रजत पदक हात पारेको छ । यस्तै प्रभाकर माध्यमिक विद्यालय देवस्थलले ९ स्वर्ण, ६कास्य र ८ रजत सहित दोस्रो र श्री कृष्ण बोर्डिङ स्कुलले  २ स्वर्ण, २ कास्य र  २ रजत सहित तेस्रो भएका छन् ।लङ्ग ग्रिन बोर्डिङ स्कुल १ स्वर्ण ७ रजत २ कास्य, सहित चौथो र अन्तिम दिनका खेलहरु बहिस्कार गरेर पनि १ स्वर्ण ४ रजत ३ कास्य सहित मुक्ति माबि बामे, औलबेशिम पाँचौं स्थानमा रहेको थियो । सिद्धेश्वरि माबि छेटौ,प्रतिभा माबि, सातौँ, कृष्ण मावि आठौ,नब ज्योति मावि नवौ र महेन्द्र मावि दसौं स्थानमा रहेको आयोजक युवा शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १० विद्यालयले सहभागिता जनाएका थिए । प्रथम, दित्तिय र तेस्रो स्थान हुने विद्यालयका खेलाडीहरुलाई नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य वडा अध्यक्षहरु गनेश बुढा क्षेत्री,कुल बहादुर पुरि पिउपर खत्रि, थुम बहादुर बिसि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्रबहादुर रावत,नगर खेलकुद विकास समिति अध्यक्ष रिम बहादुर बिष्ट, सदस्य,कमल बिष्ट लगायतकाले खेलाडी बिधार्थीहरुलाइ कप,मेडल, प्रमाणपत्र वितरण गर्नु भएको छ । समापन कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखा प्रास धुर्बा थापाले गर्नुभएको थियो। प्रतियोगितामा बिहिबार देखि सनिबार ३ दिन सम्म संचालन भएको हो ।

Lekali KhabarLekali Khabar newslekalikhaba.com
Comments (0)
Add Comment