चैत,१
रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ स्थित झोलुङगे भाईरल पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट आज बिहान ३ बजे महेन्द्रले हाम्फालेको भनि सूचना प्राप्त भएको हो ।
पुलमा करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्रको टाउको फुटेको मृत अवस्थामा रहेको प्रहरीको भनाई छ । दुई ढुंगाको बिचमा शव रहेको छ ।
कक्षा १२ मा अध्ययनरत महेन्द्र मुसिकोट नगरपालिका -१ स्थित कारागार नजिकै कोठा गरेर बस्दै आएका थिए ।
घटनास्थलमा प्रहरी निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा कागजी प्रक्रियाको काम गरिरहेको छ । पुलबाट हाम्फाल्नुको कारण थप अनुसन्धानपछि खुल्ने बताईएको छ ।