माघ १६, । सुर्खेतको सिम्ता गाउँपालिका वडा न.-३ श्रीजमा बजार ठाटि नजिकै भेरी नदी किनारमा बेवारिसे अवस्थामा अन्दाजि ३५-४० बर्ष देखिने एक महिनाको शव फेला परेको छ । बिहिबार नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हाल सम्म शव कस्को हो भन्ने नखुलेको र सोधीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय बादेपिपल राकमले जानकारी दिएको छ । सो शवलाई पोष्टमार्टमका लागि मेहेलकुना अस्पतालमा राखिएको जनाइएको छ ।