नबिन पिएम
असार १७ सल्यान । दैलेखको दुल्लुमा प्रथम पञ्चकोशी कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। सुर्खेतलाई ३-० को सोझो सेटमा हराउँदै सल्यानले उपाधी जितेकोछ । प्रतियोगितामा
प्रथम – सल्यान हुँदै रु ३ लाख प्राप्त गरेको छ । द्वितीय – सुर्खेत हुँदै २ लाख,तृतीय – रुकुम पश्चिम हुँदै १ लाख र सान्त्वना – कालिकोट हुँदै ५० हजार सहित स्थान प्राप्त गर्ने सबैले टफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न ।
पञ्चकोशी कपको उपाधि सल्यानलाई, फाइनलमा सुर्खेत ३–० ले पराजित
दैलेखको दुल्लुमा जारी कर्णाली प्रदेशस्तरीय पञ्चकोशी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ।
आज बुधबार भएको फाइनल खेलमा सुर्खेतलाई ३–० को सोझो सेटमा पराजित गर्दै सल्यानले उपाधि जित्न सफल भएको हो। उत्कृष्ट टोलीगत प्रदर्शन, अनुशासित खेल र प्रभावशाली आक्रमणका कारण सल्यानले सुरुदेखि नै खेलमा दबाब कायम राख्दै सहज जित निकालेको थियो।
जितसँगै सल्यानले कर्णाली प्रदेशमै भलिबलमा जिल्लालाई अब्बल स्थापित गरेको छ। प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेको सल्यानी टोलीको सफलताप्रति खेलप्रेमी तथा जिल्लावासीले खुसी हुँदै बधाई दिएका छन्। यश जितमा खुशी व्यक्त गर्दै सल्यान जिल्ला प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य माननीय रमेशकुमार मल्लले पनि खेलाडीहरुलाइ अझै उज्ज्वल भबिस्यको काममा गर्दै बधाई दिनु भएको छ । प्रतियोगितामा सल्यान टिमका उदयमान खेलाडी गंगाराम शर्मा उत्कृष्ट खेलाडी भन्न पुगे जिल्ला भलिबल संघको सिफारिसमा भरत बिकको कप्तानिमा सल्यानको टिम प्रतियोगिता सहभागी भएर उपाधी जितेको हो । प्रतियोगिता कर्णाली प्रदेश भलिबल संघको आयोजनामा कर्णाली प्रदेश खेलकुद बिकास परिषदको आर्थिक सहयोग तथा नगर खेलकुद बिकास समिति दुल्लु नगरपालिका दैलेखको सह आयोजनामा आज बुधबार सम्पन्न भएको हो ।