नयाँ वर्षको अवसरमा ‘निर्मोही’ सार्वजनिक

नयाँ वर्षको अवसरमा ‘निर्मोही’ सार्वजनिक
नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक गरिएको छ। लोक तथा आधुनिक भावको मिश्रण रहेको यस गीतमा प्रियजन राईको संगीत तथा विनोद दनुवारको स्वर रहेको छ। गीतले मायाप्रेम र भावनात्मक सम्बन्धका उतारचढावलाई सरल र हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको छ। 🎶
भिडियोतर्फ क्यामेरा समीर राईले सम्हालेका छन् भने एरेन्ज सुरज गोपालीको रहेको छ। गीतको रेकर्डिङ सुरज म्युजिक प्रा.लि. मा गरिएको हो। दृश्य संयोजन र संगीतको तालमेलले गीतलाई थप आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ। 🎥
गीतकार विष्णु मुरी शिक्षा, समाजसेवा, साहित्य र संगीत क्षेत्रमा सक्रिय बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उहाँका ‘ आँसु बर्बरी,तक्दिरै खोटो, तिम्रो मुटु,काली पारि,प्रदेशीको पीडा,एउटै सिरानी,मरि लानु के छ र,देउसी भैलो,पूर्णेको जून झैं,यो गीत,क्युटी मिस,हाम्रो कटारी,जस्ता थुप्रै गीतहरू नेपाली संगीत क्षेत्रमा लोकप्रिय भइसकेका छन्। “निर्मोही” मार्फत उहाँले पुनः एक भावनात्मक र सुगम सिर्जना प्रस्तुत गर्नुभएको छ, जसले श्रोताको मन छुने अपेक्षा गरिएको छ।
उक्त गीतको भिडियो Bishnu Muri Official युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। नयाँ वर्षको सुरुवातसँगै सार्वजनिक गरिएको यो गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
आज रिलिज भएको भिडियो तलको लिंकमा समेत हेर्न सकिन्छ।
🌼https://youtu.be/r_msJqRVkGQ?si=MMuyKkBqMgksfmrJ

Lekali KhabarLekali Khabar.com
Comments (0)
Add Comment