नबिन पुन
माघ ,७ सल्यान । चुनावि अभियानमै रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ रुकुमबाट सल्यानको बनगाड कुपिण्डे नगरपालिका -१ सल्लिबजारमा पुगेर
भने “जनताको हित र हकको सुरक्षाका गर्न सक्ने,परिबर्तन संगै राष्ट्र बचाउन सक्ने पार्टी नेपाली कम्युनिष्ट पार्टीनै रहेको” बताउनुभयो। सल्लिबजारमा नेता कार्यकर्ताहरु संग छोटो भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेकपा सल्यानबाट यहि फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा रमेश मल्ललाइ जिताउन आग्रह गर्दै मल्ल आफु संग काम गरिसकेको हुनाले रमेश सरल र सक्षम बौद्धिक युवा नेता भएको ढुक्क संग मतदान गरि जिताउन र सल्यान र सल्यानीको जनताको विकास निर्माणको काम तिब्र रुपमा अगाडि बढ्ने समेत जनता माझ बिस्वास ब्यक्त गर्नुभएको छ । चुनावी अभियानमै रहेका नेकपा सल्यान उम्मेदवार रमेश कुमार मल्ल,नेताहरु प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा कर्ण बहादुर बुढाथोकी लगायतका नेताहरु पनि बनगाडमै रहेका छन ।