सल्यान बनगाडको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन

नबिन पिएम
बैशाख,९ सल्यान । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद”भन्ने मुल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाकाको पाचौं मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन भएको छ ।  नगर खेलकुद विकास समितिका अध्यक्ष  रिम बहादुर बिष्टको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय रमेश मल्लको प्रमुख आतिथ्यतामा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी,उप प्रमुख पुरुष्तोम आचार्य ,प्रमुख प्रशासकिय अधिकृत गोकर्ण पन्थी, लगायतको आतिथ्यता र १२ वटै वडा अध्यक्षहरु ,प्रमुख शिक्षा अधिकृत चक्र बहादुर रावत, वरिष्ट लेखा अधिकृत इन्द्रलाल कंडेल, इन्जिनियर महेश देवकोटा, क्याम्पस प्रमुख देवकी मल्ल, इलाका प्रहरी कार्यालय देवस्थलका इन्चार्ज प्रहरी निरिक्षक सागर पौडेल, पत्रकार, राजनैतिक दलका प्रतिनिधिहरु र खेलाडी खेलप्रेमी ,बुद्धिजिवी लगायतको उपस्थितिमा बनगाड क्याम्पस सुनौलीको खेल मैदानमा प्रतियोगिता उद्घाटन भएको  छ। उद्घाटन कार्यक्रमको संचालन वरिष्ट शिक्षा अधिकृत टिकाराम आचार्यले गर्नुभएको थियो। खेलकुद प्रतियोगिता आज देखि ३ दिन सम्म चल्ने छ । आज भएको पुरुष भलिबल खेलमा ७ नम्बर वडा विरुद्ध  १ नम्बर वडाले जित निकालेको छ । भने महिला भलिबल तर्फ १० नम्बर वडा विरुद्ध ११ नम्बर वडाले पहिलो जित हासिल गरेको बताइएको छ ।

Lekali KhabarLekali Khabar newssad news bangad
Comments (0)
Add Comment