नबिन पि.एम.
माघ,२५ बनगाड। स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र बनगाड कुपिन्डे नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यबस्थापक डा. अर्जुन कुमार बुढा ज्युको अध्यक्षता, बनगाड कुपिन्डे नगरपालिका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आथित्यता र स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल प्रसन, कार्यक्रमका संयोजक श्री तारा प्रसाद रिजाल, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका मेडिकल टेक्नोलोजिस्ट ओम आचार्य,बनगाड कुपिन्डे नगर अस्पतालका मेडिकल अधिकृत डा. रन्जन रेग्मी, स्वास्थ्य शाखा प्रमुख नवीन चौधरी, स्वास्थ्य शाखा उप- प्रमुख बासुदेब पोखरेल, नगर अस्पतालका ब्यबस्थापक ईन्द्र राज पोखरेलको आथित्यतामा नसर्ने रोग सम्बन्धि पेन/पेन प्लस क्लिनिक/ शिबिर कार्यक्रम सनिवार एक कार्यक्रम बिच सम्पन्न भएको छ।
उक्त शिबिरमाबाट १९२ जना महिला र ६३ जना पुरुष गरि जम्मा २५५ जना सेवाग्राहीहरुले सेवा लिनु भएको थियो।
जस सेवा मध्ये डेन्टल सेवा=२९ जना,रक्त परिक्षण सेवा= ३९ जना, र पाठेघरको मुखको क्यानसर लक्षण (VIA)को सेवा ४५ जना सहित जम्मा११३ जनाले लिनुभएको थियो भने ओ.पि.डि. सेवा १४२ जनाले लिनुभएको थियो। ४५ जना VIA जाँच मध्ये २ जनाको रिपोर्ट पोजिटिभ रहेको थियो।
उक्त शिबिरमा नसर्ने रोगको जाँचपड्ताल, तथा उपचार दन्त सेवा, VIA सेवा र रक्तपरिक्षण सेवा दिईएको थियो।
सो कार्यक्रममा नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले भन्नू भयो: हामिले नगरपालिकाको तर्फ बाट नगरअस्पताललाई चाहिने सामाग्री र आबस्यक दक्ष जनशक्तिको पद पुर्ती गरिसकेकोले यस अस्पतालबाट पनि सेवा दिदै आईरहेको बताउदै स्वास्थ्य सेवा कार्यालय सल्यानले झन विशेषज्ञ सेवासहित स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्यायर आएकोमा धन्यवाद दिदै नगर अस्पताललाइ अझै व्यवस्थित गर्दै नगरवासिको स्वास्थ्य सेवामा प्रभावकारि अस्पताल गराउदै लैजाने बताउनुभयो । त्यसै गरि कार्यक्रमका स्वास्थ्य सेवा ब्यबस्थापक डा. अर्जुन कुमार बुढा मगरले दुरदराज र ग्रामीण भेकमा रहेका र आर्थिक रुपले कमजोर रहेका महिला दिदिबहिनिहरुमा नसर्ने रोगहरु जस्तै उच्च रक्तचाप,मधुमेह रोग,मानसिक रोगका साथै विभिन्न यौनजन्य रोग तथा पाठेघर सम्बन्धी रोगहरुले ग्रसित रहनसक्ने भएकोले उहाहरुको सहजता र सरल रुपले चेकजाँच तथा उपचार पाउने हेतुले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।