माघ १८, सल्यान । प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित बनगाड कुपिण्डे नगर स्तरीय बैठक तथा प्रशिक्षण भेला देवस्थलमा सम्पन्न भएको छ ।
भेलाले पार्टीका नेता कृतिबहादुर रानाको संयोजकत्वमा नगरपालिका स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ। कमिटीको सहसंयोजक दीपक एरी र सन्तोष बिसी, दुर्गाबहादुर बुढाथोकी सचिव रहेको १७५ सदस्यीय नगर पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।
निर्वाचन परिचालन समिति सल्यानका संयोजक प्रकाश ज्वाला, सह-संयोजक टेक बहादुर बस्नेत,कृतिबहादुर पुन, कर्णबहादुर बुढाथोकी लगायतले निर्वाचनको तयारी, जिम्मेवारी र सम्पूर्ण पार्टी सदस्यले खेल्नुपर्ने भूमिका लगायतका विषयमा प्रशिक्षित गर्नुभएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीबाट सल्यानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश मल्लले बनगाड सहित समग्र जिल्लाको विकासमा प्रतिबद्धता जनाउदै खानेपानी, शिक्षा स्वास्थ्य, पुर्ण विधुति करण , सडक स्तरोन्नति पर्यटन प्रवर्द्धन, सुन्दर पर्यटकीय स्थल कुपिण्डे तालको बिकास संचार लगायतका यियावत समस्यामा नजिकबाट जनताको समस्या संग जोडिएर बिकास र जनमुखी काम गरेर अगाडि बढ्ने बताउनुभयो।