धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा


दाङ,२ फागुन । दाङकाे धारपानीमा यहि फागुन ३ गते लाग्ने महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले हिजोआज मन्दिर परिसरमा पत्रकार सम्मलनकाे आयाेजना गरि आज देखी ४ गते सम्म लाग्ने मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे जानकारी दिएकाे छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ भने तीन सय ५१ जना स्वंयसेवक परिचालन गरिनेछ । फागुन ३ गते विहान ९ बजेर ३७ मिनेटदेखि साडे १० बजे सम्म शिवपुजन तथा त्रिशुल सलामी दिने कार्यक्रम तय गरिएकाे छ। समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मेलामा आउनका लागि बाटाेका खाल्डाखुल्डी पुरिएको र घाेराहीदेखि धारपानी सम्मका लागि भाडादर समेत निर्धारण गरिएको जानकारी गराइएको थियाे । जस अनुसार बसकाे लागि एकतर्फी ७५ रूपैया र अटाेका लागि १०० रूपैया भाडा ताेकिएकाे छ । मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले ताेकेकाे सिमाभित्र मदिरा तथा लागुपदार्थ वेचबिखन र सेवन निषेध गरिएकाे समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयाे । फागुन २ गतेदेखि ४ गते सम्म मन्दिरकाे पुर्व तर्फ रङघरा, उत्तरमा बवई नदि, दक्षिणमा पाण्डवेश्वर धार्मिक बन र पश्चिममा घाेराही धारपानी पर्यटन मार्गकाे कालाेपत्रे भाग सम्म कसैले पनि मदिरा र लागुपदार्थ वेच्न र खान पाउने छैनन् । समितिले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन समितिका अध्यक्ष गणेश कुमार अधिमारीकाे संयाेजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएकाे छ । मेलामा भक्तजनकाे सहज पहुँचका लागि सडकमा परेका खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम सकिएकाे छ । मेलामा गाडी अस्तव्यस्तता नहाेस भनि सशुल्क पार्किङकाे व्यवस्था गरिएको छ । जस अनुसार ठुला वस र ट्रककाे प्रति पटक ८० रूपैया,मिनि वस र साना ट्रककाे ५० रूपैया,कार तथा जिपकाे रू ३०, ठुला टेक्टर र अटाेकाे रू २० , पावर टेलरकाे ४० र माेटरसाइकिलकाे १० रूपैया पार्किङ शुल्क व्यवस्था गरिएको समितिका सचिव तथा प्रचार प्रसार उपसमितिका संयाेजक विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।

Lekali KhabarLekali Khabar newsLekali Khabar.com
Comments (0)
Add Comment