धनकटामा बीमा जागरण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

धनकटा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनकटा शाखाको आयोजनामा बीमा जागरण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रमुख श्री तुल्सीनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमाको आवश्यकता महत्व तथा आम नागरिकमाझ बीमाको पहुँच विस्तारका विषयमा जानकारी तथा विचार- विमर्श गरिएको थियो।  कार्यक्रममा बीमाले व्यक्ति तथा परिवारको आर्थिक सुरक्षामा पुऱ्याउने योगदान बीमाको आवश्यकता र यसको प्रभावकारी उपयोगका विषयमा समेत चर्चा गरिएको थियो । सोही अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्समा नवप्रवेशी अभिकर्ता तथा हालै आवश्यक कागजात पेस गरेका अभिकर्ताहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै अभिकर्ताहरूलाई आफ्नो जिम्मेवारी प्रति थप उत्साहित बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Lekali Khabar.com
Comments (0)
Add Comment